
काठमाडौं – सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा समूह चरणको खेल नसकिँदै सेमिफाइनल समीकरण पूरा भएको छ ।
बुधबार समूह बी अन्तर्गत मधेशले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित भएपछि सेमिफाइनल खेल्ने चार टिमको टुंगो लागेको हो ।
समूह ए बाट सुदूरपश्चिम र एपीएफ क्रमसः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बीबाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् ।
६ माघमा हुने सेमिफाइनलमा सुदूरपश्चिम र प्रदेश १ तथा एपीएफ र मधेशबीच प्रतिस्पर्धा हुनेछ । बुधबार गण्डकी र बागमतीबीच समूह चरणको अन्तिम खेल हुन बाँकी रहँदै सेमिफाइनल खेल्ने टिमहरु निश्चित भइसकेका हुन् ।