Sat. Mar 15th, 2025

मलेसियामा बन्धक बनाइएका मध्ये ६ जना आज नेपाल फर्किदै

काठमाडौं– मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकहरु स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना आज स्वदेश फर्कदै छन् ।

मलेसियाको (PRS Forest Management) कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक समस्यामा रहेको गुनासोपछि सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास वैरागीलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो ।

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना आज १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् ।

यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: