Wed. Nov 27th, 2024

प्रचण्डलाई विश्वासको मत दिएर माधव नेपाल प्रतिपक्षमा बस्ने

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बिहान बसेको बैठकले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘बैठकले शर्तसहित समर्थन गर्ने भन्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन्छ’ खतिवडाले भने, ‘हाम्रा एजेन्डाहरू राखिनेछन् । ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्कनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ ।’

उनले राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र सुधार लगायतका विषयमा पार्टीका एजेण्डा अध्यक्ष माधव कुमार नेपालले संसदमा राख्ने र सोही अनुसार अगाडि बढ्ने बताए ।

प्रतिनिधिसभामा नेकपा एसका १० सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

About The Author

अन्य समाचारहरु: