Wed. Nov 27th, 2024

सरकारले आर्थिक समृद्धि हासिल गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले सहयोग गरे यो सरकारकै समयमा आर्थिक समृद्धि हाँसिल हुने बताएका छन् ।

सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डौको एकीकृत कारोबार समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो ध्यान देशको आर्थिक समृद्धिमै रहेको बताएका हुन् ।

यसका लागि गभर्नर र अर्थमन्त्रीसँग दैनिक छलफल गर्दै आएको उनले बताए । पछिल्लो समय पुँजी बजारमा देखिएको सकारात्मक संकेतले पनि आर्थिक क्षेत्रमा सुधार हुँदै गएको उनले बताए ।

बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्ने पनि उनले बताए । बैंकले ठूला व्यवसायमा भन्दा बजारमा आउने नविनतम व्यवसायमा ध्यान दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: