Fri. Nov 29th, 2024

धादिङ अस्पतालको आईसियु पुनः संचालन

धादिङ-विषेशज्ञ चिकित्सक अभावले बन्द भएको धादिङको आईसियु पुनः संचालनमा आएको छ । अस्पतालले आइतबारबाट तीन बेडको आईसियु सञ्चालनमा ल्याएको हो । छिट्टै ५ बेड सञ्चालन गरिने तयारी भईरहेको अस्पतालका सूचना अधिकारी बिक्रम बिकले बताए ।

४ जना मेडिकल अधिकृत र आइसियुको लागि नयाँ दरखास्त आव्हान गरी ६ जना स्टाफ नर्स आईसियुको लागि व्यबस्था मिलाईएको छ। विषेशज्ञ चिकित्सकले आवश्यकता अनुसार आईसियुमा राउण्ड ड्युटी र अनकल सेवा दिने गरि व्यस्थापन मिलाइएको बिकले जानकारी दिए ।

कोभिडको दोस्रो लहरमा तत्कालिन सामाजिक विकास मन्त्री युवराज दुलालबाट उद्घाटन भई सञ्चालनमा आएको करिब ६ महिनापछि बन्द भएको आईसियु पुनः सञ्चालनमा आएसंगै उपचार पनि थालिएको छ । अहिले ज्वालामुखी-६ धादिङ निवासी ४५ वर्षीय नकुल शाक्यले उपचार सेवा लिइरहेका छन् ।

क्रिटिकल केयर गर्नुपर्ने गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरूलाई न्यूनतम शुल्कमा धादिङ अस्पतालले सेवा प्रदान गर्ने उद्देश्यले  आइसियु सञ्चालन गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताए। अति गरिब र आकस्मिक आइसियु उपचार सेवा प्रदान गर्नुपर्ने बिरामीहरूलाई अस्पतालले आंशिक  वा पूर्ण छुटमा समेत आईसियुमा बिरामीहरूको उपचार गरिने रिजालले बताए।

About The Author

अन्य समाचारहरु: