Wed. Nov 27th, 2024

एकैदिन साढे ५ अर्बको सेयर कारोबार

काठमाडौं – नयाँ सरकार बनेसँगै निरन्तर बढिरहेको सेयर बजारमा आइतबार पनि उछाल देखिएको छ ।

तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आइतबार २०.५५ अंकले बढेर नप्से परिसूचक २१ सय ६४.४८ को बिन्दुमा पुगेको छ । आइतबार २५९ कम्पनीको एक करोड ४१ लाख ९८७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख २५ रुपयाँ पुगेको छ ।

आइतबार १३३ कम्पनीको सेयर मूल्य बढ्यो भने ७१ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

About The Author

अन्य समाचारहरु: