Sat. Mar 1st, 2025

पहिरोमा पुरिएर थल्सी गुरुङको मृत्यु

371Gorkha_2_932177798

गोरखा-गाउँमाथिको पहाडको ढिस्को खसेर पुरिंदा उत्तरी गोरखाको उहिया गाविस– ९ का थल्सी गुरुङको मृत्यु भएको छ।

आइतबार घरबाट गोठ जाने क्रममा माथिबाट झरेको पहिरोमा पुरिएर गुरुङको घटनास्थलमै मृत्यु भएको हो। गाई गोठमा जाँदै गर्दा नरवा भिरबाट झरेको पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको स्थानीयवासी जसमाया गुरुङले जानकारी दिइन्।

गाउँलेले पहिरोभित्र च्यापिएका गुरुङको शव निकालेका थिए । गुरुङको शव पहिराबाट झिकेर आज अन्त्यष्ठि गरिएको जसमायाले बताइन्। भूकम्पपछि चिराचिरा भएको जमिन बर्षात्पछि पहिरो झर्दा उत्तरी भेगका गोरेटो, घोरेटो बाटो पनि अबरुद्ध भएका छन्। रासस

About The Author

अन्य समाचारहरु: