Sat. Mar 1st, 2025

मैत्रीपूर्ण फुटसलमा धादिङ अस्पतालको समूह विजयी

धादिङ– धादिङ अस्पताल र नेपाल पत्रकार महासंघ धादिङबीच भएको मैत्रीपूर्ण फुटसल खेलमा धादिङ अस्पतालको समूह विजयी भएको छ ।

धादिङ अस्पतालको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा ६–९ को गोल अन्तरले अस्पतालको समूह विजयी भएको हो । पहिलो हाफमा ४–४ गोलको बराबरी खेलेकोमा दोश्रो पत्रकार महासंघको समूह पछि परेको थियो ।

विश्व फुटबलको सर्वकालीन महान (सर्वश्रेष्ठ) खेलाडी पेलेको स्मृति तथा सम्मानमा फुटसल प्रतियोगिताको आयोजना गरिएको धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताए । खेल समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले यस्ता मैत्रीपूर्ण खेलकुद प्रतियोगिताले दुई पक्षीय सम्बन्ध सुमधुर बन्ने बताए ।

About The Author

अन्य समाचारहरु: