
काठमाडौ – नेपाल टी – २० लिगमा लुम्बिनी अल स्टार्स र जनकपुरले क्वालिफायर –१ मा प्रतिस्पर्धा गर्ने भएका छ्न्।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जनकपुरले लुम्बिनीमाथि २३ रनको जित निकाल्यो।
समूह चरणको खेल सकिदा लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहदा जनकपुर दोस्रो भयो। समूह चरणका सबै खेल खेल्दा लुम्बिनीले १० खेलबाट १६ अंक जोड्दा जनकपुरले १४ अंक बटुल्यो।
शुक्रबार त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा १५९ रन जोड्यो।