Fri. Feb 28th, 2025

नेपाल टी–२० लिग : लुम्बिनीको कप्तानी कुशल भुर्तेलले गर्ने

काठमाडौं – नेपाल टी–२० लिग अन्तर्गत जनकपुर रोयल्सविरुद्धको खेलमा लुम्बिनी अलस्टार्सको कप्तानी कुशल भुर्तेलले गर्ने भएका छन् ।

कप्तान दीपेन्द्र सिंह ऐरी आजको खेलमा ‘ड्रप’ हुँदा कुशलले टिमको कप्तानी गर्ने भएका हुन् ।
लुम्बिनी अलस्टार्सले टस जितेर फिल्डिङ गर्ने छ ।

मैदान चिसो भएका कारण पूर्वनिर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु हुने छ । खेल १७ १७ ओभरमा खेलाइने छ ।

दुवै टिमका लागि यो अन्तिम खेल हो । यी दुवै टिम अंक तालिकाको शीर्षमा रहँदै प्लेअफ प्रवेश गरिसकेका छन्

About The Author

अन्य समाचारहरु: