धादिङ–सदरमुकाम धादिङबाट संचालित रेडियो धादिङले १६ औं वर्ष प्रवेश गरेको छ ।
ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले बिहिबारबाट परिक्षण प्रसारणको १६औं वर्ष प्रवेश गरेको हो । यो रेडियो जिल्ला कै पहिलो हो ।
जिल्लामै पहिलो पटक चेपाङ भाषाको समाचार सुरु गरेको रेडियोले अहिले नेपाली र तामाङ भाषामा पनि समाचार तथा कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । समुदायको लागि समुदायको आवाज भन्ने मुल नाराका साथ विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा रेडियो धादिङले महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।
बढ्दो सामाजिक संजालको प्रयोगले रेडियो प्रतिको मोह कम देखिए पनि आगामी दिनमा रेडियोको प्रसारणलाई परिस्कृत गर्दै आम जनमानसमा सूचनाको संवाहक बनिरहने स्टेशन म्यानेजर राजाराम शर्माले बताए ।