Sat. Mar 1st, 2025

 थाहा नगरपालिकाको वजार आसपासमा सरसफाई अभियान सञ्चालन

sarsafai
रुपक कालिराज, पालुङ –  मकवानपुरको थाहा नगरपालिकामा सञ्चालित किशोर किशोरी सम्वाद केन्द्र सहयोग समिति र सम्वाद केन्द्रका किशोर किशोरीहरुले हामी सबैको रहर, सफा राखौँ गाउँ घर भन्ने मुल नाराको साथ थाहानगरपालिकाको वजार लगायत आसपासको क्षेत्रमा सरसफाई अभियान सम्पन्न भएको छ । स्ट्रोम फाउण्डेशन सहयोग र सामुदायिक विकास केन्द्र नेपालको सहकार्यमा सञ्चालित ४ वटा किशोरी सम्वाद केन्द्रको सक्रियतामा सरसफाई कार्यक्रम संचालन गरिएको हो ।

थाहा नगरपालिकामा सरसफाई व्यवस्थापन हुन नसकेको तथ्यलाई मध्ये नजर गरी थाहा नगरपालिकाको शिखरकोट वजार, गोपाली गाउँ, श्रृजना वस्ती र डाडाँ गाउँमा सरसफाई गरिएको हो । । वजार सरसफाईको क्रममा अधिकांशले किशोर किशोरीको राम्रो कार्यको प्रशंसा गरेका थिए । सम्वाद केन्द्रमा सामुदायिक सरसफाई र वातावरण प्रदुषण विषयमा छलफल गरे पछि तयार गरेको प्रतिवद्धता योजना अनुसार सरसफाइ अभियान सञ्चालन गरिएको किशोरी सफलता नेपालीले बताइन् । यस्ता सामजिक अभियान निरन्तर रुपमा सञ्चालन गर्ने किशोर किशोरीले वताएका छन् । किशोर किशोरीको सचेतता र सकृयता प्रति थाहा नगरपालिका सूचना शाखा प्रमुख सुरज भुजेलले खुसी व्यक्त गर्दै  आगामी दिनमा यस्ता सामाजिक कार्यमा नगरपालिका संग सहकार्य गर्न पनि आग्रह गरे ।

पटक पटक नगरपालिकामा भन्दा पनि सुनुवाई नभएको उनीहरुले वताएका छन् । त्यसै गरि सहर सफाई मजदुरले विना ग्लोभ्स र मास्क फोहोर उठाउने गरेको प्रति चिन्ता व्यक्त गर्दै मास्क र ग्लोभ्स पनि हस्तान्तरण गरेका छन् । १२० जना किशोर किशोरी र सम्वाद सहयोग समितिका संयोजक तथा सदस्यहरुको सहभागितामा सञ्चालित सरसफाई कार्याक्रममा थाहा नगरपालिका सूचना शाखा प्रमुख सुरज भुजेल, सम्वाद सहयोग समितिका पदाधिकारीहरु, सम्वाद परियोजना अधिकृत कमल कुमार विश्वकर्मा, सम्वाद फिल्ड सुपरभाइजर रुपा सुनार लगायतको उपस्थिती रहेको थियो ।

About The Author

अन्य समाचारहरु: