Mon. Mar 24th, 2025

सरकारी निवास सरे रवि लामिछाने

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् ।

रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो । रविलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भुइँमा पिर्का राखिएन ।

लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पिर्केमा नराख्न सेनालाई आग्रह गरिएको बताए । ‘मन्त्रीज्यूकै आग्रहअनुसार पिर्का नराखिएको हो,’ उनले भने ।

About The Author

अन्य समाचारहरु: