Sat. Mar 22nd, 2025

सरकारमा जाने नजाने विषयमा जसपामा अन्योल

काठमाडौ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन ।

जसपाका एक कार्यकारिणी सदस्यका अनुसार जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने अझै टुंगो नलागेको बताए । उनले भने, ‘सरकारमा जाने–नजाने विषयमा पार्टीको बैठकले तय गर्नेछ ।’

जसपामा अहिलेसम्म संसदीय दलको नेता पनि चयन भएको छैन । ‘संसदीय दलको नेता चयन नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ ती नेताले भने, ‘आज, भोलिसम्ममा संसदीय दलको नेता सहमतिमा टुंगो लगाउने प्रयास हुन्छ, नभए पर्सी दलको नेताका लागि चुनाव हुन्छ ।’

About The Author

अन्य समाचारहरु: