Thu. Oct 31st, 2024

प्रधानमन्त्रीसहित भागबण्डा मिलाउन बालुवाटारमा बैठक सुरु

sf7df8f}F, @* r}t . k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ;Qf u7aGwg bnsf] a}7sdf ;xefuL k|wfgdGqL z]/axfb'/ b]pjf, g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf cWoIf k'ik sdn bfxfn æk|r08Æsf g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं : सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो।

बैठकमा सरकारको नेतृत्व र सत्ताका मुख्‍य जिम्मेवार पदहरूको भागबण्डा र शक्ति बाँडफाँडका विषयमा कुराकानी हुने बताइएको छ। गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सरकारको नेतृत्वका विषयमा कुरा मिल्न बाँकी छ। साथै गठबन्धनभित्रको भागबन्डाका विषयमा पनि छलफल हुने बताइएको छ।

शनिबार साँझ बसेको बैठकले आज पुनस् बैठक बस्ने निर्णय गरेको थियो। बैठकअघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको थियो।

About The Author

अन्य समाचारहरु: