Sat. Mar 1st, 2025

विश्वकपले देखाएका पाँच धार

काठमाडौँ

काठमाडौँ — १. सबैभन्दा अप्रत्याशित नतिजा, ६४ वर्षयता
विश्वकप २०२२ त्यस्तो प्रतियोगिता रह्यो, जसलाई ‘अन्डर डग’ को विश्वकप भन्न सकिन्छ । यसका १५ खेल एक प्रकारले अप्रत्याशित नतिजामा टुंगिएका छन् । सबैभन्दा ठूलो अविश्वसनीय नतिजा त अर्जेन्टिनामाथि साउदी अरेबियाको २–१ जित नै रह्यो ।

लिग चरणमै मात्र एक दर्जन यस्ता नतिजा रहे । अन्तिम १६ मा मोरक्कोले स्पेन र पोर्चुगललाई हराउनु पनि कम्तीको अविश्वसनीय नतिजा रहेन । यस्तै क्रोएसियाले ब्राजिललाई हराउनु पनि एक प्रकारले स्तब्धपूर्ण नतिजा नै रह्यो । सन् १९५८ मा स्विडेनमा भएको विश्वकपयता, त्यो भनेको ६४ वर्षपछि सबैभन्दा बढी यस्ता अप्रत्याशित मान्न मिल्न नतिजा आएका छन् ।

२. कम प्रहार बढी गोल

यसपालिको विश्वकपमा पोस्टमा कुल १ हजार ४ सय ५८ प्रहार भए । सन् २००२ को विश्वकपछि यो सबैभन्दा कम आँकडा हो । सन् २०१४ मा त १ हजार ६ सय ६१ प्रहार त पोस्ट केन्द्रित थिए । खासमा कतार विश्वकपमा प्रत्येक खेलमा औसत २२।८ प्रहार पोस्टतर्फ भए । यसको अर्थ यसपालि विश्वकपमा आक्रामण कम भएको भन्ने होइन, बरू उल्टै बढी गोल भए । यसपल्ट १ सय ७२ गोल भए । यो सन् १९९८ यता सबैभन्दा बढी हो, जतिबेलादेखि प्रतियोगितामा ३२ टिम सहभागी भए । त्यो वर्ष सन् १९९८ र २०१४ दुवैमा समान १ सय ७१ गोल भएका थिए ।

३. युवा खेलाडीको उदय

विश्वकप २०२२ ले सबैभन्दा बढी किशोर खेलाडीहरूको आगमन पनि देख्यो । यसपालि १० किशोर खेलाडीले आ–आफ्नो देशका लागि सुरुदेखि खेल्ने अवसर पाए । त्यसमा इंग्ल्यान्डका १९ वर्षीय मिडफिल्डर जुड बेलिङ्घम मुख्य छन् । जर्मनीका १९ वर्षीय मिडफिल्डर जमल मुसिला र स्पेनका १८ वर्षीय मिडफिल्डर नै गाभी । केलियन एमबाप्पे पनि भर्खर २३ वर्षका भए । उनीबाट विश्वकपमा अझ धेरै सानदार प्रदर्शन अपेक्षा गर्न सकिनेछ ।

४. शताब्दीकै सफा विश्वकप र अत्यधिक ‘इन्ज्युरी’ समय

यसपालिको विश्वकपमा कुल २ सय २७ पहेँलो कार्ड देखाइएका थिए । अझ चारमात्र रातो कार्ड देखाइयो । यसको अर्थ रेफ्रीहरू कम कडा भए कि रु खासमा विपक्षी खेलाडीमाथि ‘फाउल’ खेल्ने क्रम पनि घटेको छ । यसपल्ट जम्माजम्मी १ हजार ५ सय ९९ ‘फाउल’ भए, जुन निकै कम हो । यसको एउटा कारण रेफ्रीले खेललाई रोक्नुभन्दा अगाडि बढ्न दिन ठीक मान्नु पनि हो । कुल २३ पेनाल्टीका निर्णय भए । त्यसमध्ये तीन पेनाल्टी त फाइनलमै सम्भव भएको थियो । अत्यधिक ‘इन्ज्युरी’ समय दिइनु यस विश्वकपको चर्चाको अर्को विषय रह्यो । बढीमा ११ मिनेटदेखि सामान्यतः ६ मिनेटसम्म ‘इन्ज्युरी’ समय थपिएको थियो ।

५. बुढा खेलाडी

यसपालि युवा खेलाडीको बढी आगमन भयो भन्ने मात्र होइन । खासमा विश्वकप २०२२ भेट्रान खेलाडीहरूको प्रतियोगिता पनि रह्यो । खास मुख्य खेलाडी त ३५ वर्ष उमेर अगाडि पछाडिका रहे । यसरी भेट्रान भन्न मिल्ने खेलाडीमध्ये २७ जनाले सुरुदेखि खेल्ने मौका पाए । यसका लागि उदाहरण दिन त पक्कै सजिलो छ । जस्तो कि ३५ वर्षका लियोनल मेसी र ३७ वर्षका लुका मोड्रिड । यी दुवै खेलाडी यसपल्ट सबैभन्दा बढी छाएका र प्रशंसा गरिएका खेलाडी रहे ।

About The Author

अन्य समाचारहरु: