
एजेन्सी – कतारमा सम्पन्न २२ औं संस्करणको विश्वकप उपविजेता फ्रान्सको टोलीलाई पेरिसमा भब्य स्वागत गरिएको छ।
हजारौं समर्थक सोमबार साँझ पेरिसमा जम्मा भएर आफ्ना खेलाडीहरूले स्वागत गरेका हुन्।
विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको हो।
प्रशिक्षक डेसच्याम्प्स र उनको टोलीले कतार विश्वकप गुमाए पनि उत्कृष्ट प्रदर्शन गरेको भन्दै घर फर्किएसँगै पेरिसमा आफ्ना देशवासीहरूले न्यानो स्वागत गरेका हुन्।