Sat. Mar 1st, 2025

विश्वकप फुटबलको दोस्रो सेमिफाइनल आज, फ्रान्स र मोरक्को भिड्दै

फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनल आज राती हुँदैछ । फ्रान्स र मोरक्कोबीच हुने हुने यो खेल राती १२:४५ बाट सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो ।

यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ ।

फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन्। मोरक्को विश्व कपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश हो । यी दुई टोलीबीच विश्व कपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

About The Author

अन्य समाचारहरु: