Thu. Nov 28th, 2024

समानुपातिकको सुची सच्याउँदै दलहरु

काठमाण्डाै – दलहरुले समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको नाम सच्याएर आज फेरि पेस गर्दैछन् । बन्दसूचीबाट नाम छनोट गर्दा कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले त्रुटि गरेकाले फेरि सच्याएर पठाउनुपर्ने भएको हो ।

निर्वाचन आयोगले हिजो दलहरुलाई पत्राचार गरेर समावेशी समूह अनुसार सच्याएर पठाउन आज दिउँसो ४ बजेसम्मको समय दिएको छ । दलहरुले आयोगमा पठाएको नाममा समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ । 

नामावली सच्चिएर प्रतिनिधित्व भइ आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्नेछ । आज दलहरूले बन्दसूची सच्याएपछि आयोगले आउँदो बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको परिणाम बुझाउने तयारी गरेको छ ।

About The Author

अन्य समाचारहरु: