
काठमाडौं ः एशियाका लागि विश्वकप २०२२ ऐतिहासिक साबित भएको छ।
यसअघि सन् २०१८ को विश्वकप फुटबलमा एशियाबाट ५ टोलीले सहभागिता जनाएका थिए। त्यो नै एउटै विश्वकपमा एशियाबाट सबैभन्दा बढी देशको सहभागिता थियो।
यसपटकको विश्वकपमा एशियाबाट ६ देशले सहभागिता जनाएका थिए। जुन विश्वकप फुटबलको इतिहासमै सबैभन्दा धेरै हो।
त्यतिमात्र होइन ३ देशले समूह चरण पार गर्दा एशियाका लागि अर्को कीर्तिमान बनेको छ।
पहिलो पटक विश्वकप खेलेको कतारसहित इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिँदा जापान, कोरिया र अष्ट्रेलियाले अन्तिम १६ मा स्थान बनाएका थिए।
समूह चरणबाटै बाहिरिए पनि साउदी अरेबियाले उपाधिको दाबेदार मानिएको दक्षिण अमेरिकी टोली अर्जेन्टिनालाई हराउनु यो विश्वकपको पहिलो अनपेक्षित नतिजा थियो।