धादिङ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ। यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो ।
केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ। केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ।
केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले सबै तथ्यांक आयोगमा पठाइसकेको जानकारी दिँदै भने, हामीले तथ्यांक दिएका छौं, आयोगले विज्ञापन गरेर नयाँ शिक्षकको आवेदन खुला गर्नेछ।