
धादिङ– धादिङ क्षेत्र नं. १ का लोकतान्त्रिक बाम गठबन्धनमा आवद्ध दलहरुले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित सांसदहरुलाई बधाई तथा मतदातालाई धन्यवाद दिएको छ ।
शनिबार गल्छी गाउँपालिकाको गल्छीमा बृहत कार्यक्रम सहित विजयीहरुलाई बधाई तथा मतदातालाई धन्यवाद दिने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ता र गठबन्धनको तर्फबाट विजयी सांसदहरु सहभागी थिए ।

कार्यक्रममा सम्बोधन गर्ने अधिकांशले यहि गठबन्धनले नयाँ सरकार गठन गर्ने बताएका छन् ।