
एजेन्सी – कतारमा जारी फिफा विश्वकपमा आज (बिहीबार) समूह चरणको तेस्रो खेलहरू हुनेछन् । समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी आज चार खेल हुँदै छन् ।
कतारको अल थुमामा रंगशालामा नेपाली समयअनुसार राति ८ः ४५ बजेदेखि सुरु हुने खेलमा समूह ‘एफ’ को क्यानडा र मोरोक्कोबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा अर्कोतर्फ यही समूहका क्रोएसिया र बेल्जियम भिड्नेछन् । यो खेल अहमेद बिन अली रंगशालामा हुनेछ ।
राति १२ः४५ बजेदेखि समूह ‘ई’ का कोस्टा रिका र जर्मनीले अल बायतमा रंगशालामा खेल्दा अर्कोतर्फ खलिफा अन्तर्राष्ट्रिय रंगशालामा स्पेन र जापानबीच प्रतिस्पर्धा हुनेछ ।