Sat. Mar 22nd, 2025

बागमती प्रदेश सभा : प्रत्यक्षमा ७.५ प्रतिशत मात्रै महिला निर्वाचित

हेटौंडा : मंसिर ४ गते भएको निर्वाचनमार्फत बागमती प्रदेशमा ७।५ प्रतिशत मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ पाँच मात्रै महिला निर्वाचित भएका हुन्।

६६ निर्वाचन क्षेत्र रहेकोमा हालसम्म दोलखाको दुईबाहेक अन्य ६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ। बागमती प्रदेशमा दोलखाको १० वटा विवादित केन्द्रमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन। ती दुवै प्रदेश सभाको क्षेत्रमा महिला उम्मेदवार छैनन्। त्यसैले बागमती प्रदेशसभामा प्रत्यक्ष रूपमा निर्वाचित भएर आउने महिलाको संख्या बढ्ने सम्भावना छैन।

प्रदेशसभामा ५९ जना पुरुष सांसदले प्रत्यक्ष निर्वाचित भएर संसदमा प्रवेश पाउँदा महिला सांसद भने प्रदेशको प्रत्यक्ष निर्वाचित हुने सांसदको ७।५ प्रतिशत मात्रै रहेका छन्।

महिलालाई समानुपातिकमा राख्ने तर प्रत्यक्षमा अवसर नदिएका कारण समेत प्रदेशसभाको प्रत्यक्षतर्फ महिला उम्मेदवार कम रहेकाले पनि जित हासिल गर्ने महिलाको संख्या कम रहेको पाइएको छ।

प्रदेशको दोलखा बाहेक १२ जिल्लाको हालसम्मको नतिजा अनुसार ५ विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २्२ जना छन्।

यस्तै नेकपा एकीकृत समाजवादीबाट १ उम्मेदवार विजयी भएका छन्। पाँच विजयी उम्मेदवार गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए। पाँचजनाको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवारसँग मात्र भएको हो।

About The Author

अन्य समाचारहरु: