
धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार यस क्षेत्रमा कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै एमाले उम्मेदवार रघुबीर महासेठ विजयी भएका छन् ।
एमाले उम्मेदवार महासेठले ३२ हजार २ सय ३६ मत प्राप्त गरेर विजयी भए भने कांग्रेस उम्मेदवार यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन् ।