Fri. Mar 28th, 2025

धादिङको दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता

फाइल फोटो

धादिङ– मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु अगाडि देखिएका छन् ।  

समाचार तयार पार्दासम्म धादिङ प्रतिनिधिसभा १ को १६ हजार छ सय ६९ मत गणना भएको छ । गणना भएको मतको परिणामा अनुसार एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले सात हजार ३९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले छ हजार सात सय ७९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले दुई हजार एक सय २० मत प्राप्त गरेका छन्  । यो क्षेत्रमा ८१ हजार एक सय २६ मत खसेको छ ।

धादिङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएको छ । प्रतिनिधिसभा सदस्यमा अहिले नौ हजार छ सय २१ मत गणना भएको छ । अहिलेसम्मको गणना भएको मत परिणामा अनुसार अधिकारीले चार हजार आठ सय ७६ मत पाएका छन्  । नेकपा एमालेका खेम प्रसाद लोहनीले तीन हजार आठ  सय ५३ मत पाएका छन् ।  यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको छ ।

मत गणनाको अहिलेसम्मको परिणामले क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठी विच कडा टक्कर देखिएको छ । क्षेत्र नम्बर २ मा भने नेपाली काँग्रेसका उम्मेदवार रामनाथ अधिकारी लगातार अगाडि देखिएका छन् । मत गणना ठिलो हुँदा परिणामा आउन अझै दुई दिन लाग्न सक्ने देखिन्छ ।

हालसम्म भइरहेको मत गणनाको गतिलाई हेर्दा एक हजार पाँच सय मत गणना गर्न दुई घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।  

About The Author

अन्य समाचारहरु: