Thu. Nov 28th, 2024

धादिङ–२ मा गठबन्धनका रामनाथ अधिकारीलाई ४०५ मतको अग्रता

धादिङ– धादिङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार रामनाथ अधिकारीले ४ सय ५ मतले अग्रता लिएको छ ।

प्रतिनिधिसभा सदस्यमा अहिले ६ हजार ४ सय मत गणना भएको छ । अहिलेसम्मको प्रारम्भीक मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार अधिकारीले २ हजार ९ सय ६१ मत पाएका छन् ।

एमाले नेता एवं पूर्व सांसद खेम प्रसाद लोहनीले २ हजार ५ सय ५६ मत पाएका छन् ।

धादिङ क्षेत्र नं. २ को प्रदेशसभा १ सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द लम्साल र नेकपा एमालेबाट डा.रामकुमार अधिकारीबीच प्रतिष्पर्धा छ । त्यस्तै प्रदेशसभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सांसद जगत बहादुर सिंखडा र राप्रपाका डम्बर तामाङबीच प्रतिष्पर्धा छ ।

धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा १ मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।

धादिङ क्षेत्र नं. २ प्रदेशसभाको मत परिणाम यस्तो छ
३३८८ मत गणना हुँदा

प्रदेश (क)
रुख : १५५७ (गाेबिन्द लम्साल)
सुर्य : १४९२ (डा. राम कु. अधिकारी)
भाले : १८८

प्रदेश (ख) 
हलो: १६१० (डम्बर तामाङ्ग)
हँसिया हथाैडा: १५६७ (जगत सिंखडा)
भाले : ३४
करुव : ६१
छाता : १२

About The Author

अन्य समाचारहरु: