धादिङ– धादिङ क्षेत्र नम्बर २ मा ८ सय मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले ३ सय ५६ मत पाएका छन् । एमाले नेता एवं पूर्व सांसद खेम प्रसाद लोहनीले ३ सय १९ मत पाएका छन् ।
खनियाबास, गंगाजमुना र रुविभ्यालीको मत मिसाएर गणना भैरहेको छ ।
धादिङ क्षेत्र नं. २ को प्रदेशसभा १ सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द लम्साल र नेकपा एमालेबाट डा.रामकुमार अधिकारीबीच प्रतिष्पर्धा छ । त्यस्तै प्रदेशसभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सांसद जगत बहादुर सिंखडा र राप्रपाका डम्बर तामाङबीच प्रतिष्पर्धा छ ।
धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा १ मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।