धादिङ– धादिङ क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ । खनियाबास-४ को (क), गंगाजमुना-१ (ख), रुविभ्याली-४ को कन्यादेवी आविको मतदान केन्द्रबाट सर्टिङ सुरु गरिएको छ । क्षेत्रभरको सर्टिङ सकेर गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धादिङ–२ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी र एमाले नेता एवं् पूर्व सांसद खेम प्रसाद लोहनीबीच प्रतिष्पर्धा छ । यो क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका बशुमाया तामाङले प्रतिष्पर्धी भनिएका दुबै उम्मेदवारको भोट तानेको आँकलन गरिएको छ ।
धादिङ क्षेत्र नं. २ को प्रदेशसभा १ सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द लम्साल र नेकपा एमालेबाट डा.रामकुमार अधिकारीबीच प्रतिष्पर्धा छ । त्यस्तै प्रदेशसभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता एवं् पूर्व सांसद जगत बहादुर सिंखडा र राप्रपाका डम्बर तामाङबीच प्रतिष्पर्धा छ ।
धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा १ मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।