धादिङ क्षेत्र नम्बर २ को मतपेटिका भने गणनास्थलमा संकलन गर्नेक्रम जारी छ । उत्तरी धादिङको रुविभ्यालीको मतपेटिका गणनास्थल सदरमुकाम ल्याइपु¥याउन अझ केही घण्टा लाग्ने बताइएको छ ।
धादिङ–१ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि प्रसाद त्रिपाठीबीचको प्रतिष्पर्धा सबैको चासोको विषय बनेको छ । अझ रोचक त के छ भने, कुनैबेला समकक्षी रहेका पाण्डे र त्रिपाठी अहिले फरक पार्टीबाट मैदानमा छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमेडियन हिमेश पन्तले पनि निकै चुनौति दिएको देखिन्छ ।
धादिङ–२ मा भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी र एमाले नेता खेम लोहनीबीच प्रतिष्पर्धा छ । यो क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका बशुमाथा तामाङले प्रतिष्पर्धी भनिएका दुबै उम्मेदवारको भोट काटेको आँकलनले प्रतिष्पर्धा रोचक बन्नेवाला छ ।