
धादिङ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारहरुको घरदैलो कार्यक्रम आजबाट सकिएको छ । धादिङ क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले विहिबार धादिङबेसीमा कोणसभा गरी औपचारिक रुपमा घरदैलो कार्यक्रम सकिएको घोषणा गरेका छन् ।
सदरमुकाम धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारहरुले घरदैलोका क्रममा गाउँगाउँबाट मतदाताको उत्साह पाएको बताएका छन् । स्थानीय सरोकारको भुमिकालाई जनअपेक्षा अनुरुप सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले दिएको १७ दिनको समयावधिमा मतदाताहरु माझ उपस्थित हुने प्रयत्न गर्दागर्दै पनि समय छोटो भएकोले गर्दा भौतिक रुपमा भेट्न नसकेका मतदाताहरुलाई आफ्नो पक्षमा मत हाल्न आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनका क्रममा नेकपा एकिकृत समाजवादीका नेता गंगालाल तुलाधरले भने–‘सामाजिक सञ्जाल, आमसञ्चारका माध्यमबाट जनताका माझ पुग्ने प्रयास ग¥यौं, जोसँग चाहेर पनि भेट्न सकेनौ । उहाँहरु सँग क्षमा माग्दै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न अनुरोध गर्दछौँ ।’
‘आज प्रचारप्रसारको अन्तिम दिन यस क्षेत्रका लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हामी आम मतदाताहरुलाई नमन गर्दै लोकतन्त्रको संरक्षण र देशको आर्थिक विकास लागि मतदान लागि अपिल गर्दछाँै’, धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार रामनाथ अधिकारीले भने ।