Thu. Nov 28th, 2024

धादिङ–१ (२) का एमाले उम्मेदवार थपलिया पहिलो पटक घरदैलोमा

धादिङ– धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ का नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलिया पहिलो पटक चुनावी घरदैलोमा निस्किएका छन् । बुबाको मृत्युपछि १३ दिनको काम सकेर मंगलबारबाट औपचारिक घरदैलोमा निस्किएका हुन् ।

धादिङ र चितवनको सिमाना मौवाखोलाबाट घरदैला कार्यक्रम सुरु गरेका थपलियाले साँझसम्म गजुरीबजार आसपासका मतदातासँग भेटघाट गरेका छन् । आफु समयमै घरदैलोमा आउन नपाएको बाध्यता सुनाउँदै थपलियाले मौवाखोला, चरौदी, रिचोकटार, मलेखुमा कोणसभा गरेका छन् ।

पृथ्वी राजमार्ग आसपासका मतदातासँगको भेटघाट र कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार थपलियाले राजमार्ग आसपासमा आइपर्ने विपद व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताए । राजमार्ग क्षेत्रमा आइपर्ने विपदको स्थायी समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पहिलो पटक निर्वाचनमा होमिएका थपलिया केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार थिए ।

प्रतिष्पर्धी उम्मेदवार पाण्डेप्रति भुमिको आक्रोस
चुनावी अभियानकै क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेदवार भुमि त्रिपाठीले भने प्रतिष्पर्धी उम्मेदवार राजेन्द्र पाण्डेमाथी आक्रोस् पोखेका छन् ।

राजेन्द्र पाण्डेले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाएका हुन् । मंगलबार राजमार्ग क्षेत्रमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले भने–‘मैले ३० बर्ष विकास गरे भनेर भ्रम छर्ने काम भैरहेको छ, त्यो ३० बर्ष राजेन्द्र पाण्डेले गरेको काम एमालेले गरेको हो उहाँ ब्यक्तिले गरेको होइन ।’

खेम लोहनी दिनभर आफ्नै जन्मथलोतिर व्यस्त
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले मंगलबार आफ्नै वडा र पालिकाका मतदातासँग भेटघाट गरेका छन् ।

ज्वालामुखी गाउँपालिका वडा नं ६ चैनपुर पुगेका लोहनीले राष्ट्रका मागहरू सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, देशलाई विकासको मार्गमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताए । ‘शिक्षा, स्वास्थ्य लगायत जनतालाई सुखी र समृद्ध बनाउन एमाले नै अहिलेको आवश्यकता हो, एमालेको विचार, नीति र सिद्धान्तबाटै मुलुकको समृद्धि सम्भव छ भन्ने कुरा जनताले बुझेको छ’, उनले भने ।
कार्यक्रममा क्षेत्र नं २ को प्रदेशसभा २ का उमेदवार डा.रामकुमार अधिकारी, एमाले धादिङको जिल्ला तहका नेताहरुसहभागी थिए ।

About The Author

अन्य समाचारहरु: