Thu. Nov 28th, 2024

एमाले धादिङको घरदैलो: सिद्दलेकमा भुमि, नेत्रावतीमा लोहनी

धादिङ– निर्वाचनको दिन नजिकिदै गर्दा नेकपा एमालेले घरदैलो अभियानलाई झनै आक्रामक बनाएको छ । एमालेका उम्मेदवारहरु विहानैदेखि साँझ अबेरसम्म पनि मतदाताको घरदैलोमा नै खटिएका छन् । आइतबार साँझसम्म सदरमुकामका मतदाताको घरघरमा पुगिरहेका धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का एमाले–राप्रपाका साझा उम्मेदवार खेम प्रसाद लोहनी सोमबार विहानै नेत्रावती डमजोङ गाउँपालिका पुगेका छन् ।

नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ भोग्टेनी पुगेका लोहनीले चुनावीसभालाई सम्बोधन गर्दै देशलाई अब विकास र समृद्धि तर्फ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेत्रावती डबजोङको हरेक समस्यासँग आफु जानकार रहेको भन्दै समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।

लोहनीसँगै प्रदेशसभा २ का उमेदवार डा.रामकुमार अधिकारी पनि नेत्रावती पुगेका छन् । बिगतमा आफुले गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गराएको दावी गर्दै डा. अधिकारीले जितपछी बाँकी रहेका विकास निर्माणका काम पुरा गर्ने बताए । उम्मेदवारहरुसँग एमाले धादिङको जिल्ला तहका नेताहरु, गाउँ कमिटिका पदाधिकारीहरु सहभागी छन् । एमालेसँग तालमेलमा रहेका प्रदेशसभा ‘ख’मा राप्रपाका उम्मेदवार डम्बर तामाङले पनि आफ्नो क्षेत्रमा मतदाता भेटघाटलाई तीव्र पारिरहेका छन् ।

धादिङ–१ मा पनि घरदैलो उस्तै
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार भूमी प्रसाद त्रिपाठीले सोमबार सिद्धलेक गाउँपालिकाका मतदातासँग भेटघाट गरेका छन् । चुनावी घरदैलोकै क्रममा त्रिपाठीले सिद्दलेक गाउँपालिका वडा नम्बर एक र दुई का वडाहरुमा पुगेर मतदातासँग आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

सिद्धलेक गाउँपालिका–२ को ठाँटीमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले जनताले दिएको मतको कदर गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि सांसद हुँदा पनि सिद्धलेकको विकासमा सक्दो पहलकदमी गरेको र आगामी दिनमा पनि यसलाई  निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार रमेश आचार्यले पनि आफ्नो क्षेत्रका मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन् । प्रदेशसभा २ का एमाले उम्मेदवार गजेन्द्र थपिलियाको पक्षमा पनि एमाले नेता कार्यकर्ताहरुले घरदैलो अभियान चलाइरहेका छन् । पितृशोकमा रहेका थपलिया प्रत्यक्ष रुपमा घरदैलो अभियानमा हिड्न सकेका छैनन् ।

About The Author

अन्य समाचारहरु: