Sat. Mar 1st, 2025

नेपालले पहिलोपटक विश्वकपको आयोजना गर्ने

काठमाडौ – नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले आइतबार २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ ।

बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकको टुङ्गो लगाएको छ । मलेसिया र थाइल्याण्डले सन् २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने भएका छन् ।

सन् २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने मौका पाएका हुन् ।

About The Author

अन्य समाचारहरु: