Sat. Mar 1st, 2025

नेपाल – पाकिस्तान मैत्रीपूर्ण खेल : टिकटको ५ हजार, हजार र पाँच सय

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले कात्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको खेलका लागि टिकट मुल्य एक हजार रुपैयाँ र पाँच सय रुपैयाँ निर्धारण गरेको छ।

यस्तै, ८० वटा भीभीआईपी टिकट पाँच हजारका दरले बेच्ने तयारी गरेको छ।

भीभीआईपी टिकट किन्ने दर्शले नेपाली राष्ट्रिय टिमको जर्सी र सामान्य खानपिनको व्यवस्था हुने एन्फाले जानकारी दिएको छ।

एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानी टिम कात्तिक २७ गते काठमाडौं आइपुग्ने जानकारी दिएको हो।

नेपाली टिम मुख्य प्रशिक्षक प्रवेश कटुवालको प्रशिक्षणमा बन्द प्रशिक्षणमा छ। पाकिस्तान र नेपालबीचको खेलबाट एक भाग्यशाली विजेताले गोलाप्रथामार्फत फिफा विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट जित्ने एन्फाले बताएको छ।

यद्यपि, टिकटबाहेक आउने–जाने र बाँकी खर्च भने टिकट विजेता आफैंले व्यवस्थापन गर्नुपर्ने एन्फाले बताएको छ।

About The Author

अन्य समाचारहरु: