Thu. Nov 28th, 2024

समानुपातिक बन्द सूचीमा धादिङबाट ५४ जना, उम्मेदवार सरह प्रचार !

Exif_JPEG_420

धादिङ– धादिङबाट प्रतिनिधिसभा सदस्यमा १७ जना र प्रदेशसभा सदस्यमा ३७ जनाको नाम समानुपातिक बन्द सूचीमा परेको छ । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम बन्द सूचीमा प्रदेशसभा सदस्य (समानुपातिक) का लागि १९ दलले ३७ जना र प्रतिनिधिसभा सदस्य (समानुपाति) का लागि १० दलले १७ जनाको नाम छ ।

बन्द सूचीमा नाम समावेश भएकाहरुले उम्मेदवार जस्तैगरी प्रचार गरिरहेका छन् । समानुपातिको भोट मलाई भन्दै सामाजिक सञ्जाल र घरदलो तथा अन्य कार्यक्रम गरी आफ्नो प्रचार गरिरहेको भेटिएको हो । समानुपातिक प्रणाली अनुसार व्यक्तिलाई होइन पार्टीलाई भोट माग्नु पर्छ ।

नेपाली कांग्रेस (विपी)ले जिल्ला अध्यक्ष एंव केन्द्रीय सदस्य कल्पना अधिकारी, कमला शाह (तामाङ) र सर्मिला तामाङलाई बन्द सूचीमा राखेको छ । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश कमिटी सदस्य निरु खरेल, केन्द्रीय सदस्य इन्दिरा ढुंगाना, प्रदेश सदस्य मायादेवी शर्मा र सीता ढुंगानालाई बन्द सूचीमा राखेको छ ।

नेकपा एमालेले प्रदेश कमिटी सदस्य रामहरी अधिकारी र उमा सिंखडालाई बन्द सूचीमा राखेको छ । नेपाली कांग्रेसले शान्ताकुमारी तामाङ, शिवराज अधिकारी र गोपाल विश्वकर्मालाई बन्द सूचीमा राखेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वमन्त्री ठाकुर प्रसाद शर्मालाई बन्द सूचीमा राखेको छ । एकल चिन्ह हसिया हथौडा लिएकाले संगिता कडेल (दिपा), सृजना रिजाल नेपाल, सोम्वले तामाङ र नारायण प्रसाद लामिछानेलाई बन्द सूचीमा राखेको छ । एकल चिन्ह बच्चा काखमा लिएका आमा लिएकाले राजु भुजेल, सन्ध्या प्रजा, देवी उपरकोटीलाई बन्द सूचीमा राखेका छन् ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सोमकुमारी अधिकारीलाई बन्द सूचीमा रखेको छ । राष्ट्रिय समाजवादी पार्टीले श्रीराम अधिकारी र दुर्गाकुमारी अधिकारीलाई बन्द सूचीमा राखेको छ । राप्रपा नेपालले निर बहादुर श्रेष्ठलाई बन्द सूचीमा राखेको छ ।

राष्ट्रिय नागरिक पार्टीले बुद्धि बहादुर गुरुङ, पवित्रा बराम श्रेष्ठ, सुकुमाया तामाङ पाख्रिन, सानुमाया चेपाङलाई बन्द सूचीमा राखेको छ । मंगोल नेशनल अर्गनाएजेशनले राजेन्द्र तामाङलाई बन्द सुचीमा राखेको छ । नेपाल संघीय समाजवादी पार्टीले सुजाता मगर ढकाललाई बन्द सूचीमा राखेको छ । नेपाल मजदुर किसान पार्टीले सुशिला थापा र हेड बहादुर खविडालाई बन्द सूचीमा रखेको छ ।

नेपाल कम्युनिष्ट पार्टी परिर्वतनले गणेश थापालाई बन्द सूचीमा रखेको छ । जनसमाजवादी पार्टी नेपालले राजन मगरलाई बन्द सूचीमा राखेको छ । जनता समाजवादी पार्टी नेपालले मेनुका तामाङ र चंन्चला पराजुलीलाई बन्द सूचीमा राखेको छ । यसैगरी जनजागरण पार्टी नेपालले विमला खातीलाई बन्द सुचीमा राखेको छ ।

यसैगरी प्रतिनिधिसभा सदस्यमा ठुला राजनीतिक दल एमाले, कांग्रेस र एकल चुनाव चिन्ह हैसिया हतौडा लिएकाले यस जिल्लाबाट समानुपातिकमा एक जनाको पनि नाम बन्द सूचीमा राखेको छैन । नेकपा एकीकृत समजाजवादीले उपमहासचिव एवं पूर्व मन्त्री गंगालाल तुलाधर र जिल्ला पार्टी अध्यक्ष शिवराज कडेललाई बन्द सूचीमा राखेको छ ।

राप्रपाले पूर्व मन्त्री बुद्धमान तामाङ, विना लामा र अम्मर परियारलाई बन्द सुचीमा राखेको छ । यसैगरी नेपाली कांग्रेस (विपी)ले श्याम मगरातीलाई बन्द सूचीमा राखेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केशवराज अधिकारीलाई बन्द सूचीमा राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले डोल प्रसाद अर्याललाई बन्द सूचीमा राखेको छ । राष्ट्रिय मुक्ती आन्दोलन नेपालले सुभद्रा अधिकारीलाई बन्द सूचीमा राखेको छ ।

राष्ट्रिय नागरिक पार्टीले सुक बहादुर गुरुङ, ध्वज बहादुर पुलामी मगर, मनिष पुलामी मगरलाई बन्द सूचीमा राखेको छ । नेपाल जनता दलले रघु परियारलाई बन्द सुचीमा राखेको छ । नेपाल मजदुर किसान पार्टीले सीता सामरीलाई बन्द सूचीमा राखेको छ । यसैगरी जन समाजवादी नेपालले सनम लामा, कल्पना बसेल र रमेश बसेललाई बन्द सूचीमा राखेको छ ।

महिला, दलित, जनजाती, अल्पसंख्यक र पिछडा वर्ग वा समुदायलाई राज्यको नीति निर्माण, निर्णय प्रक्रिया एवं कार्यसम्पदान प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउन संविधान अनुसार मिश्रित (प्रत्यक्ष र समानुातिक) निर्वाचन प्रणली अवलम्वन गरिएको छ । प्रत्यक्ष निर्वाचन प्रणलीमा लक्षित समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्न कुल सदस्य संख्याको ४० प्रतिशत समानुपातिक प्रणाली अनुसार प्रदेशसभा र प्रनिधिनिसभाको निर्वाचन हुदै आएको छ ।

About The Author

अन्य समाचारहरु: