Sat. Mar 1st, 2025

नेपालले भुटानसँग खेल्दै

काठमाडौं : यू –१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ।

बंगलादेशको ढाकामा जारी पहिलो खेलमा नेपालले भुटानसँग खेल्न लागेको हो। नेपाल र भुटानबीचको खेल दिउँसो सवा चार बजे सुरु हुनेछ।

नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ। नेपाली टोली उपाधि जित्ने योजनासहित ढाका पुगेको छ।

भुटान पनि पहिलो जितको खोजीमा रहेको छ। मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० गोल अन्तरले हराएको थियो।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।

About The Author

अन्य समाचारहरु: