
काठमाडौं : नेकपा एमालेले वार्षिक ५ लाख नागरिकलाई रोजगारी दिने घोषणा गरेको छ ।
मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्दै वार्षिक ५ लाख बेरोजगारीलाई रोजगार उपलब्ध गराउने घोषणा गरेको हो ।
सबैका लागि काम र नियमित कमाई सुनिश्चित गर्दै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने घोषणापत्रमा उल्लेख छ । न्यूनतम ज्याला २५ हजार कायम गर्ने एमालेको योजना छ ।
स्वदेशमा उत्पादन हुने वस्तुहरुको प्रोत्साहन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरिने घोषणापत्रमा उल्लेख छ ।
नेपाली नागरिक आवासविहीन वा सडक मानवको अवस्थामा नरहने ग्यारेन्टी गर्ने एमालेको योजना छ । आगामी २ वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउने चुनावी प्रतिबद्धता गरेको छ । उच्च शिक्षाका लागि विदेश जानुपर्ने वाध्यता अन्त्य गर्ने घोषणापत्रमा उल्लेख छ ।
५ वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने एमालेको योजना छ । सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्याइने, स्वास्थ्य विमामार्फत् नागरिकको स्वास्थ्य उपचार सहज बनाइने, अधिकांश रोगको उपचार स्वदेशमै व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ