Sat. Mar 1st, 2025

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौ – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो । अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौ‌ँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक कात्तिक २मा अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

About The Author

अन्य समाचारहरु: