
धादिङ- धादिङमा जारी अन्तर पालिका स्तरीय धादिङ क्रिकेट लिगमा सेमिफाइनल खेल्ने टीमहरुको टुङ्गो लागेको छ । शनिवार भएको समुह बी अन्तरगत लिग चरणका अन्तिम खेलमा विजयी हुदै नीलकण्ठ नगरपालिका र बेनिघाट रोराङ गाउँपालिकाले सेफिफाइनलमा स्थान बनाएका हुन् ।
समुह ए बाट यसअघि नै धुनीवेशी नगरपालिका समुह विजेता बन्दै र त्रिपुरासुन्दरी गाउँपालिका समुह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन् ।
शनिवार भएको दाेस्राे खेलमा गल्छी गाउँपालिकामाथी ३ विकेटकाे राेमान्चक जीत दर्ता गर्दै नीलकण्ठ नगरपालिका धादिङमा जारी क्रिकेट लिगको सेमिफाइनलमा समुह उपविजेता भएर पुगेको हाे ।
त्यस्तै शनिवार नै भएकाे पहिलाे खेलमा बेनिघाट रोराङ गाउँपालिकाले सिद्धलेक गाउँपालिकालाइ ४६ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । चन्द्रोदय माद्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगीतामा टस जितेर सिद्धलेक गाउँपालिकाले फिल्डिङ रोजेको थियो ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा भएको यस प्रतियोगीतामा धादिङ जिल्लाका ८ वटा गाउँपालिका सहभागी भएका छन् ।
प्रतियोगीताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै उपविजेता टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगीताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले १५ हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याटर तथा उत्कृष्ट बलरले समान १०–१० हजार प्राप्त गर्नेछन् ।