Thu. Nov 28th, 2024

लौरो चिन्ह स्वतन्त्रको होइन निर्वाचन आयोग

काठमाडौ – निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारहरूलाई आयोगले स्पष्टीकरण सोधेको छ।

आयोगले आइतबार काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मधुसुदन पाठक (सिते बा), सिराहा २ का प्रतिनिधि सभा उम्मेदवार शिवशंकर यादव, सिरहा २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजलाल यादव र (ख) का उम्मेदवार योगेशकुमार सिंहलाई स्पष्टीकरण सोधेको हो।

यस्तै काठमाडौं २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी १ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार विजय कालिकोटे, रूपन्देही ३ का प्रख्यात बञ्जाडे र नुवाकोट १ प्रदेश सभा क्षेत्र (ख) का दिपेश ढुंगानालाई आयोगले स्पष्टीकरण सोध्दै १ लाख जरिवाना किन नलिने भन्दै स्पष्टीकरण दिन भनेको छ।

About The Author

अन्य समाचारहरु: