Thu. Nov 28th, 2024

चुनावमा एक ढिक्का भएर लड्ने धादिङे गठबन्धनको प्रतिबद्धता

धादिङ– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा एक ढिक्का भएर लाग्ने गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् । आइतबार धादिङबेसी पत्रकार सम्मेलन गर्दै आ–आफ्नो चुनावी एजेण्डा सुनाउँदै एक भएर विपक्छी उम्मेदवारसँग लड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

धादिङका सत्ता साझेँदार दलका उम्मेदवारहरुले समृद्ध धादिङ निमार्णका लागि सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नु पर्ने बताएका छन् । धादिङबेसीमा संचारकर्मीहरु सँगको भेटमा सत्ता गठबन्धनका उम्मेद्वारहरुले आफ्नो चुनावी एजेन्डा र रणनीतिका बारेमा धारणा राख्दै समृद्ध धादिङका लागि सत्ता गठबन्धनको जितको विकल्प नभएको बताएका हुन् ।

कार्यक्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश (ख) का उम्मेदवार शालिकराम जमकट्टेलले गएको ५ वर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा, यातायात भौतिक पूर्वाधारको क्षेत्रमा थुप्रै प्रगति भएकोले यो पटक आफु थप महत्वपुर्ण गौरवका योजनाहरु लिएर प्रचारमा जाने बताए । उनी नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज पनि हुन् ।

ठाउँ अनुसार शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारको विकासमा जोड दिदै बढ्दो वैदेशिक पलायनलाई रोक्नका लागि मूख्य पहल आफ्नो रहने नेपाली कांग्रेस धादिङका सभापति एवं संघीय निर्वाचन क्षेत्र नं. २ धादिङका उम्मेद्वार रामनाथ अधिकारीले बताए ।

यस्तै कार्यक्रममा संघीय निर्वाचन क्षेत्र नं.२ ख का उम्मेद्वार नेकपा माओवादी नेता जगत सिंखडाले उत्तरी धादिङको मुहार फेर्नको निम्ति आफ्नो कार्यकालमा महत्वपुर्ण भुमिका खेलेको र जनताले पनि महसुस गरेकोले पुन ःआफुले उम्मेदवारी दिएको बताए ।

आम नागरिकले दैनिक भोग्दै आएका समस्याहरु र सरकारी कार्यालयहरुमा हुने बेथितिका साथै धादिङबेसी बजार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने संघीय निर्वाचन क्षेत्र नं.२ क बाट उम्मेद्वारी दिनुभएका कांग्रेसका गोविन्द लम्सालले बताए ।

About The Author

अन्य समाचारहरु: