Mon. Mar 10th, 2025

यूकेको लाहुरे हुँ भन्दै धादिङबेसीमा पैसा ठगेर फरार

धादिङ– सदरमुकाम धादिङवेशीं स्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तीबाट ठगिएका छन् ।

पोखरा घर भएका बताउने सिङगापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तीले होटल संचालकसँग उल्टै पैसा मागेर फरार भएका हुन् । महंगा सामानहरु भएको झोला होलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउछु, भनेर होटल संचालक सेती गुरुङलसंग ११ हजार नगद लिएर एकाएक गायव भएका हुन् ।

शुक्रबार ती व्यक्तिले छोडेको झोला शनिबार दिउसो खोलेर हेर्दा खोलेर हेर्दा कागजको पोकाहरु, सुन जस्तो देखिने नक्कली सिक्रि र एउटा तन्ना भेटिएको छ । सुनौला बजारका एकजना साथीले आफुलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पु¥याईदिन जान लागेको तर आफुसँग पैसा नभएकोले सामान यहि होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै एघार हजार रुपैयाँ लिएर गएको होटल सञ्चालक गुरुङले बताएकी छिन् । सुन, डलर पैसा लगायत जिन्सी सामान राख्दीनु अहिले एकछिनमा आउछु भनेर गएको ति व्यक्ती फर्किएर नआएको उनले बताइन् ।

About The Author

अन्य समाचारहरु: