
१ साउन, धादिङ – धादिङ मिडिया नेटवर्कद्धारा सञ्चालित पाविलन्युज डट कम अनलाइनको कानुनी सल्लाहकारमा अधिवक्ता तोलाकुमारी पाठक नियुत्त भएकी छन् ।
कम्पनीको साउन १ गते बसेको बैठकले पाठकलाई निुयुत्त गरेको हो । धादिङको ज्यामरुङ गाँउ विकास समितिको वडा नं ६ मा जन्मिएकी पाठक धादिङ जिल्ला अदालतमा वहस गर्दै आइरहेकी छिन् । पाठक यस अघि धादिङमा रहेका विभिन्न गैह सरकारी संस्थाहरुमा आबद्ध थिइन् ।

त्यसैगरी कम्पनीबाट सञ्चालित पाविल साप्ताहिकको सहसम्पादनमा पुनः पत्रकार मनिष दुवाडी नियुक्त भएका छन् । पाविल साप्ताहिकको स्थापना कालदेखि नै सहसम्पादकको जिम्मेवारी वहन गरेका दुवाडी गत एक वर्षदेखि अध्ययनका लागि विदा बसेका थिए ।
धादिङमा रहि अन्नपूर्ण राष्ट्रिय दैनिकमा कार्यरत दुवाडी खोजपत्रकारीतामा रुचि राख्छन् । दुवाडी नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सहसचिव छन् ।