Fri. Mar 14th, 2025

बसमा आगलागी, बालबालिकासहित १८ जना पाकिस्तानीको मृत्यु

एजेन्सी – मनसुनको विनाशकारी बाढी पीडित बोकेको बसमा आगलागी हुँदा १२ बालबालिका सहित कम्तीमा १८ पाकिस्तानीको मृत्यु भएको अधिकारी र उद्धारकर्मीले बताएका छन् ।

पाकिस्तानमा यस वर्षको अभूतपूर्व मनसुनी वर्षाबाट प्रभावित भएको छ । वर्षाका कारण देशको एक तिहाइ भूभाग जलमग्न भएको थियो भने ८० लाख मानिस विस्थापित भएका थिए । बाढीले २८ अर्ब डलर बराबरको क्षति भएको थियो ।

पानी बिस्तारै घट्दै जाँदा हजारौँ विस्थापितहरू पुन घर फर्किन थालेका छन् । कराची शहर बाहिर उत्तरतर्फ जाने बसमा राति आगो लाग्दा यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । एजेन्सी

About The Author

अन्य समाचारहरु: