Thu. Mar 20th, 2025

रमेश धमलाले फिर्ता लिए आफ्नो उम्मेदवारी

धादिङ – नेपाली काँग्रेस धादिङका नेता तथा पुर्वसभापति रमेश धमलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका धमलाले उम्मेदवारी फिर्ता लिएका हुन् । धमलाले सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारीलाई सघाउने भएका छन् ।

उम्मेदवारी फिर्ता पछि धमलाले भने–‘तमाम कार्यकर्ता र साथीहरुको मनोभावनालाई त्याग्न सकिनँ, त्यसैले नेपाली कांग्रेस र गठबन्धनका साथीहरुलाई सहयोग गर्नका लागि मेरो भूमिका अझैपनि विशेषगरि कार्यकर्ता र सुभेच्छुकहरुको आग्रहलाई मैले नकार्न नसकेर मेरो उम्मेदवारी फिर्ता लिएँ ।’

About The Author

अन्य समाचारहरु: