काठमाडौं – नेकपा एमाले धादिङका पूर्वअध्यक्ष तथा पुराना कम्युनिष्ट नेता नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले धादिङले पौडेललाई क्षेत्र नं. १ क मा पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको थियो । तर, पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
आचार्यले लामो समय एमाले अध्यक्ष केपी शर्माका स्वकिय सचिवको भूमिकामा काम गरेका थिए ।
झण्डै चार दशक अघिदेखि सक्रिय राजनीतिमा रहेका पौडेलबाट अघिल्लो निर्वाचनमा पनि यसरी नै टिकट खोसिएको थियो ।
अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट टिकट पाए पनि अन्तिम समयमा पार्टीले राजेन्द्र पाण्डेका लागि निर्णय गरेको थियो ।