Fri. Feb 28th, 2025

खानेपानी, सरसफाई तथा स्वच्छताका विषयमा परिचयात्मक गोष्ठी

gosti 1
धादिङ –  धादिङ जिल्लाको गजुरी गाउँ विकास समितिको गा.वि.स. हलमा खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमका विषयमा १ दिने समन्वय तथा परिचयात्मक गोष्ठी विहिबार सम्पन्न भएको छ ।

अक्सफार्म, शान्ति नेपाल र फोकस नेपालको संयुक्त आयोजनामा गजुरी गाउँ विकास समितिमा सञ्चालन गर्ने गतिविधिका विषयमा गा.वि.स. मा रहेका सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले एक दिने परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हो । गजुरी गाउँ विकास समितिका सचिव मनचन्द्र धमलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला दैवी प्रकोप उद्दार समिति धादिङका सदस्य तिर्थ सिलवाल, नेपाली कांग्रेसका टिका पाण्डे, एमालेका शुक्ल उप्रेती, एकिकृत माओवादीका सोमदास श्रेष्ठ, रा.प्र.पा का विनोद पाठक, रा प्र पा नेपालका राम्जी उप्रेती र वडा नागरिक मञ्चका संयोजजक स्थानीय वुद्दिजीवीहरु गरी ३३ जनाको सहभागिता रहेको थियो ।

gosti 2

कार्यक्रममा अक्सफार्मले शान्ति नेपालसँगको साझेदारीमा सरसफाइ तथा स्वच्छता कार्यक्रम र फोकस नेपालसँगको साझेदारीमा खानेपानीको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराईएको थियो । अक्सफार्मले धादिङ जिल्लाको ५ वटा गाउँ विकास समितिहरु धुषा, वेनिघाट, गजुरी, त्रिपुरेश्वर सत्यदेवी गाउँ विकास समितिमा खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम, आवास र खाद्य सुरक्षा तथा आय आर्जनको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने विषयमा कार्यक्रममा जानकारी गारईएको थियो । कार्यक्रममा वडा नागरिक मञ्चका संयोजकहरु र राजनीतिक दलका प्रतिनिधिहरुले आ–आफ्नो वडामा रहेको समुदाय, विद्यालय र सामुदायिक संस्थाहरुमा रहेको खानेपानी र सरसफाइ स्वच्छताको अवस्थाका विषयमा जानकारी गराईएको थियो ।

गजुरी गाउँ विकास समितिमा सञ्चालन गर्ने साना, मझौला र ठुला खानेपानीको योजना, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन प्रक्रियाका विषयमा अक्फार्मका आपतकालिन खाद्य सुरक्षा लिडर श्री शंकर चौधरी, सिविल इन्जिनियर बल बहादुर ठगुराठी, आपतकालिन खाद्य सुरक्षा तथा जिविकोपार्जन अधिकृत निवास गौतम, प्रोग्राम म्यानेजर अनुवर वली, जिल्ला सपोर्ट कोर्डिनेटर यादव केसी, शान्ति नेपालका सामदायिक स्वास्थ्य तथा सशक्तिकरण परियोजना संयोजक पि.आर शर्मा र फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले जानकारी गराउनुभएको थियो ।

About The Author

अन्य समाचारहरु: