Fri. Jan 31st, 2025

समाजवादी सहकारी संगठनको अध्यक्षमा नवराज अर्याल चयन

काठमाडौ– नेकपा एकीकृत समाजवादी निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो । 

नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी , विरेन्द्र यादव, धरणीधर अधिकारी रहनु भएको छ भने समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरी शर्मा सुदर्शन मिश्र ,किरण मोक्तान ,टापबहादुर श्रेष्ठ र राधा कडरिया रहेका छन् ।

कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नवगठित विभागकाका सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्ने बताए ।

About The Author

अन्य समाचारहरु: