धादिङ– नीलकण्ठ नगरपालिका-९ सल्लाघारीमा शुक्रबारे हाट बजार पुनः संचालनमा आएको छ ।
गत वर्षदेखि सुरु भएको हाट बजार कोरोनाका कारण रोकिएको हाट बजार पुनः संचालनमा ल्याइएको हो । समृद्ध नीलकण्ठ नगरको आधार, कृषि पर्यटन उद्यमशीलता सहितको पुर्वाधार भन्ने श्लोगनसहित हाट बजार संचालनमा ल्याइएको नीलकण्ठ नगरपालिका ९ का वडा अध्यक्ष राजन बराइलीले बताए ।
स्थानीय स्तरमा उत्पादित कृषिजन्य उत्पादन गाउँकै हाट बजारमा बिक्रि गर्न पाइने भएपछि कृषकहरु खुशी भएका छन् । हाट बजारमा भूइकटहर बेच्न आउनुभएकी नीलकण्ठ नगरपालिका ९ स्थित काफलपानीकी कृष्ण कुमारी गुरुङ भनिन्- ‘पोहोर पनि हाट बजार शुरु भएकै बेला कोरोना आयो । अब चाँहि नरोकियोस् भन्ने चाहना छ ।’ हाट बजारमा आफुले उत्पादन गरेको बस्तु बेच्न पाउदा घरखर्च चलाउन सहज हुने उनले बताए ।